गृहपृष्ठ कोरोना नियन्त्रण गर्न उत्तर कोरियामा संकटकाल

कोरोना नियन्त्रण गर्न उत्तर कोरियामा संकटकाल

फाइल तस्बिर ।

उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोनाभाइरसबाट संक्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना संक्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन् । सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटब्युरो बैठकमार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराएका हुन् । नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागू गर्न आदेश दिएका छन् ।

आफ्ना गतिविधि एवं विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोनासम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो ।

प्रकाशित समय १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु