गृहपृष्ठ रोकिएन सुनचाँदीको मूल्य वृद्धि, अप्रत्यासित रुपमा बढेको बढ्यै

रोकिएन सुनचाँदीको मूल्य वृद्धि, अप्रत्यासित रुपमा बढेको बढ्यै

कोरोनाभाइरस (कोभिड- १९) को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य नेपाली बजारमा भने आइतबार पनि अप्रत्यासित रुपमा बढेको छ ।

गत शुक्रबार प्रतितोला ९५ हजार ८ सय रूपैयाँमा कारोवार भएको पहेंलो धातुमा आइतबार ५ सय रूपैयाँले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९५ हजार ८६० निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी संघले  जनाएको छ ।

महासंघका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि पाँच रूपैयाँले वृद्धि भएको छ । साउन १ गते एक तोला चाँदी एक हजार पाँचमा कारोवार भएकामा आज सोही परिमााणको सेतो धातुको मूल्य एक हजार १५५ तोकिएको छ । कोभिड- १९ को संक्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु