गृहपृष्ठ मेलम्चीमा गएराति कामदार बसेको घरमा पहिरो : ८ जना बेपत्ता, १ जनाको उद्दार

मेलम्चीमा गएराति कामदार बसेको घरमा पहिरो : ८ जना बेपत्ता, १ जनाको उद्दार

rasuwa pahiro-newskarobar सांकेतिक तस्बिर

निरन्तरको अबिरल वर्षापछि गएराति पहिरो आउँदा मेलम्ची ११ मा ८ जना बेपत्ता भएका छन् ।

प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिदा ८ जना बेपत्ता भएका हुन् भने १ जनाको उद्दार गरिएको छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङको अनुसार गएराति २ बजेतिर पहिरो जाँदा ९ जना बसेको टहरामा पहिरो आएको थियो । पहिरोमा परेका बारु साहको तीन घण्टापछि सकुशल उद्धार गरिएको हो ।

न्युज कारोबारसँग कुरा गर्दै उनले भने, ‘मेलम्ची बजारमै पहिरो जाँदा टहरोमा बसेका कामदारहरु पुरिदाँ ८ जनाको खोजी भइरहेको छ भने सकुशल उद्धार गरिएका साहको उपचारका लागि अस्पताल पठाइएको छ ।’

अहिले प्रहरी निरीक्षक तामाङको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको छ ।

प्रकाशित समय ०६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु