गृहपृष्ठ मन्त्रिपरिषद् बैठक सुरु, कोरोना नियन्त्रणबारे महत्वपूर्ण निर्णय हुनसक्ने

मन्त्रिपरिषद् बैठक सुरु, कोरोना नियन्त्रणबारे महत्वपूर्ण निर्णय हुनसक्ने

सवारी साधन सञ्चालनमा जोर-बिजोर लागू गर्ने तयारी

फाइल तस्बिर ।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ । बैठकबाट कोरोनाभाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आंशिक लकडाउनको निर्णय हुनसक्ने बताइएकाे छ ।

सीसीएमसीको बैठकले पनि मन्त्रिपरिषदमा थप छलफल गर्नेगरी आंशिक लकडाउनको मोडल अघि सारेको छ । जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउन गर्नुपर्ने धारणा राखेपछि सीसीएमसीले पनि सोहीअनुसारको तयारी गरेको छ ।

काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा फेरि सवारी साधन सञ्चालनमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारी पनि सरकारको छ । केही दिनयता काठमाडौं उपत्यकालगायत घनाबस्ती भएका ठाउँमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ ।

सरकारले लकडाउन खोलेसँगै भदौ १ गतेदेखि विद्यालय तथा हवाइ उडान सञ्चालनमा ल्याउने यसअघि नै घोषणा गरिसकेको छ । यातायात लगायतका अन्य सबैजसो सेवाहरु पनि खुलिसकेका छन् ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु