गृहपृष्ठ मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने नेपाली नै भएको पुष्टि

मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने नेपाली नै भएको पुष्टि

मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुटपिट गर्ने नेपाली नै भएको पुष्टि भएको छ । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूताबासले विज्ञप्ति जारी गर्दै मलेसियामा सुपरभाइजरको रुपमा कार्यरत नेपालीले नै सुरक्षा गार्डलाई कुटपिट गरेको बताएको छ ।

सोमबार दूताबासले एक विज्ञप्ति जारी गर्दै मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको भिडियोको बारेमा ३० जुलाईको मध्यरातमा राजदूतावासमा जानकारी आउनासाथ राजदूतावासले सुरक्षा गार्ड सम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरुको छाता संगठन (पीआइकेएम) लाई खबर गरी सत्य तथ्य बुझ्न अनुरोध गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पीआइकेएमले ३१ जुलाईको विहान प्रहरीमा उजुरी दर्ता गर्यो भने राजदूतावासले यस सम्बन्धी सूचना उपलब्ध गराउन सबैमा आह्वान गर्यो । दूतावासले आह्वान गरे अनुसार उक्त घटनाका पीडित र पीडक दुवै जना राजदूतावासको सम्पर्कमा आएका थिए । दुवैजना व्यक्तिहरु नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ ।

पीडित ईस्लाम हुसेन नवलपरासी जिल्ला र पीडक रामगोपाल मुराउ कपिलवस्तु जिल्लाका स्थायी बासिन्दा हुन् । मलेसियाको अध्यागमन कानुनअनुसार पीडक र पीडित दुवैजना मलेसियामाअवैधानिक अवस्थामा रहेको देखिएको छ ।’

दूताबासका अनुसार भिडियोमा देखिएको घटना ७ जुलाई २०२० को विहान करिव १० बजेतिर क्वालालम्पूरमा रहेको एमथ्री मलमा भएको हो । निजहरुमध्ये पीडित सेक्युरिटी गार्ड र पीडकसुपरभाईजरको रुपमा कार्यरत रहेका थिए । राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरु नै रहेको कुरा स्वीकार गरेका छन् । रामगोपाल मुराउआज नै स्वेच्छाले मलेसियन प्रहरी समक्ष उपस्थित भएका छन् । यस सम्बन्धमा थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरीस्टेशन (IPD Wangsa Maju) ले गर्नेछ ।

प्रकाशित समय १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु