गृहपृष्ठ स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा सेनेन्द्रराज उप्रेती
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा सेनेन्द्रराज उप्रेती
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले बोर्डको अध्यक्षमा उप्रेतीलाई नियक्त गरेको हो ।
साउन १२ गते बसेको मन्त्रिपरिषद बैठकले बोर्डका यसअघिका अध्यक्ष डा. उमाशंकर प्रसादको दिएको राजीनामा स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत भएको आठ दिन बितिसक्दा पनि बोर्डको वेबसाइटमा भने प्रसादकै नाम उल्लेख छ । स्वास्थ्य बिमा बोर्डको अध्यक्षको पदावधि चार वर्षको हुनेछ ।
प्रकाशित समय १०:२२ बजे


















