गृहपृष्ठ भारतमा कुल संक्रमितमध्ये ६७ प्रतिशत संक्रमणमुक्त

भारतमा कुल संक्रमितमध्ये ६७ प्रतिशत संक्रमणमुक्त

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये ६७.६२ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार संक्रमणमुक्त हुनेको यो दर अहिलेसम्मकै उच्च हो ।

भारतमा अहिलेसम्म १३ लाख २८ हजार ३३६ कोरोनाभाइरसबाट संक्रमित व्यक्ति संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा ४६ हजार १२१ जना संक्रणमुक्त भएका हुन् । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण कूल संक्रमितको संख्या १९ लाख ६४ हजार ५३७ पुगेको छ ।

संक्रमित भएका र संक्रमणमुक्त भएकाहरुको संख्यामा पछिल्लो समयमा ठूलो अन्तर देखिदै गएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कूल संक्रमितमध्ये सात लाख ३२ हजार ८३५ जना निको भइनसकेको देखिन्छ तर अहिले पनि संक्रमित अवस्थामा रहेका विरामीको संख्या पाँच लाख ९५ हजार ५०१ रहेको छ । भारतमा बिहीबारसम्म ४० हजार ६९९ संक्रमितको मृत्यु भइसकेको छ ।

अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या कुल संक्रमितको ३०।३१ प्रतिशत मात्रै हो । जवकी यो संख्या यसअघि योभन्दा सामान्य धेरै रहँदै आएको अधिकारीहरुको भनाइ छ । उनीहरुले कुल मृतकको अनुपात पनि अन्य देशको तुलनामा भारतमा कम भएको दावी गरेका छन् । भारतमा अहिले कुल संक्रमितमध्ये २।०७ प्रतिशतको मात्रै मृत्यु हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि विश्वभरीको कुल संख्याको आधारमा हेर्दा भारतको अवस्था सुधारोन्मुख नै देखिएको जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् भने ९०४ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु