गृहपृष्ठ धनुषामा मोटर जडान गर्दा करेन्ट लागेर एक कृषकको मृत्यु
धनुषामा मोटर जडान गर्दा करेन्ट लागेर एक कृषकको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको औरही गाउपालिका ३ बस्ने ४० वर्षीय शीतल यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
शुक्रबार दिउँसो औरही गाउँपालिकाको बिक्रमपुर टोल बस्ने यादवले खेतमा सिंचाइका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।
मृतक यादवको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको स्थानीयले विपिन यादवले बताए ।
प्रकाशित समय ०९:०६ बजे

















