गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या २१ लाख नाघ्यो, महाराष्ट्र सबैभन्दा बढी प्रभावित
भारतमा कोरोना संक्रमितको संख्या २१ लाख नाघ्यो, महाराष्ट्र सबैभन्दा बढी प्रभावित
भारतमा कोरोना संक्रमितको संख्या २१ लाख ५२ हजार २० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार एक सय ५६ संक्रमित थपिएका हन् । हालसम्म भारतमा ४३ हजार ४५३ जनाले ज्यान गुमाएको वर्डोमिटरलेले जनाएको छ ।
गत २४ घण्टाभित्र मात्रै भारतभर ८ सय ७५ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणमुक्त भई घर फर्केनेको संख्या १४ लाख ७९ हजार ८ सय ४ छ । महामारीबाट सबैभन्दा बढी प्रभावित फैलिएको महाराष्ट्रमा संक्रमितको संख्या ५ लाख ३० हजार ८४ पुगेको छ भने १७ हजार ६ सय ७४ ले ज्यान गुमाएका छन् ।
दोस्रो बढी प्रभावित राज्यमा तमिलनाडु रहेको छ । दक्षिणी भारतीय यस राज्यमा दुई लाख ९० हजार ९०७ संक्रमित छन् भने ४ हजार ४ सय ८ जनाको मृत्यु भइसकेको छ । यी दुईपछि आन्ध्रप्रदेश र कर्णाटक बढी प्रभावित राज्यहरु हुन् । जहाँ क्रमशः २ लाख १७ हजार ४० र १ लाख ७२ हजार १०२ जनालाई संक्रमण पुष्टि भएको छ । आन्ध्रप्रदेशमा १ हजार ९ सय ३९ र कर्णाटकमा ३ हजार ९१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
लक्ष्यद्वीप, मिजोरम, सिक्किम लगायतका राज्यहरु अन्यको तुलनामा सुरक्षित रहेका छन् । लक्ष्यद्वीपमा संक्रमित संख्या शुन्य छ । मिजोरम र सिक्किममा क्रमशः ५ सय ९३ र ८ सय ६० जना संक्रमित छन् ।
प्रकाशित समय १४:१४ बजे

















