गृहपृष्ठ सीसीएमसीले सिफारिस गरेका विषयमाथि छलफल गर्न आज बेलुकी मन्त्रिपरिषद् बैठक बस्दै

सीसीएमसीले सिफारिस गरेका विषयमाथि छलफल गर्न आज बेलुकी मन्त्रिपरिषद् बैठक बस्दै

फाइल तस्बिर ।

आज बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ । बैठकमा कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि सिफारिस गरेका विकल्पहरूबारे छलफल हुने बताइएकाे छ ।

आजको बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि महत्वपूर्ण निर्णय गर्ने वालुवाटार स्रोतले जनाएकाे छ । भदौ १५ गतेसम्म यातायात नखोल्न र हवाई उडान सुरु नगर्न सीसीएमसीले गरेको सिफारिसका विषयमा आजको बैठकबाटै निर्णय हुने भएकाे छ । यसका साथै कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको सार्वजनिक यातायात पनि बन्द गर्न उपत्यका मेयर फोरमले गरेको मागका विषयमा पनि छलफल हुने बताइएकाे छ ।

सरकारले असोजपछि मात्र शैक्षिक संस्था सञ्चालन गर्नेगरी तयारी थालेको छ । सीसीएमसीले बैंक तथा वित्तीय संस्थामा ५० प्रतिशत कर्मचारीबाट काम चलाउन र बाँकीलाई १५/१५ दिनमा आलोपालो गर्नका लागि पनि सिफारिस गरेको छ । यसका साथै अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा थप कडाइ गर्न पनि सीसीएमसीले सरकारलाई सुझाएकाे छ । भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान भदाै १५ अघि नखोल्न सीसीएमसीले आइतबार सिफारिस गरेको थियो ।

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु