गृहपृष्ठ एभरेष्ट बैंकका कर्मचारीमा कोरोना देखिएपछि दुई दिन बैंक बन्द
एभरेष्ट बैंकका कर्मचारीमा कोरोना देखिएपछि दुई दिन बैंक बन्द
एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटका दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केन्द्रीय कार्यालय र एउटा शाखा दुई दिनका लागि बन्द गरिएको छ ।
सोमबार र मंगलबार बन्द भएपछि बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ । ‘शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीको पीसीआर परीक्षण गराउँदा दुई जना कर्मचारीमा पोजिटिभ देखिएको थियो । आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको बैंकले जनाएको छ ।
मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जानकारी दिएको छ ।
प्रकाशित समय १३:०९ बजे

















