गृहपृष्ठ काठमाडौंमा अत्यावश्यकबाहेकका सेवा बन्द, सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन अनुरोध

काठमाडौंमा अत्यावश्यकबाहेकका सेवा बन्द, सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन अनुरोध

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यका भित्रका स्थानीय तहले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यका मेयर फोरमको सोमबार बसेको बैंठकले यस्तो निर्णय गरेको हो ।

उपत्यकाभित्र समुदाय स्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा मेयर फोरमका सचिव मदन सुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

हेर्नुहोस् निर्णयहरू :

प्रकाशित समय १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु