गृहपृष्ठ चन्दा असुलिरहेका ३ जना विप्लप कार्यकर्ता पक्राउ

चन्दा असुलिरहेका ३ जना विप्लप कार्यकर्ता पक्राउ

biplab-newskarobar

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले जिल्ला सेक्रेटरी राजबहादुर भाम (उदय)सहित तीनजनालाई पक्राउ गरेको हो ।

तिलागुफा गाउँपालिका- ७, घोडेगाउँबाट चन्दा असुल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा मुगुको सोरु गाउँपालिका- ६, का जुम्ला सेक्रेटरी भामसहित जुम्लाको हिमा गाउँपालिका- ७ धाचुका नन्द तिरुवा र सोही ठाउँका सपना बुढा रहेका छन् ।

उनीहरुका साथबाट चन्दा असुलीको ठेली एक थान, सदस्यता फारम ठेली एक थान, केही किताबहरु, र स्थानीय तहका जनप्रतिनिधिको नामावली संकलन गरिएको दस्तावेजसमेत बरामद भएको एसएसपी बास्तोलाले जानकारी दिए ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु