गृहपृष्ठ सुशील भट्टलाई लगानी बोर्ड प्रमुखका रुपमा काम नगर्न आदेश, एमिकस क्युरी बोलाइयो

सुशील भट्टलाई लगानी बोर्ड प्रमुखका रुपमा काम नगर्न आदेश, एमिकस क्युरी बोलाइयो

सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारीका रूपमा काम नगर्न उच्च अदालत पाटनले आदेश दिएकाे छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई प्रमुख कार्यकारी नियुक्त गर्ने सरकारको साउन १९ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश गरेको हो ।

च्च अदालतका रजिस्ट्रार बाबुराम दाहालका अनुसार ‘प्रमुख कार्यकारीका रूपमा कुनै काम नगर्नू, नगराउनू’ भनेर आदेश भएको हो । त्यस्तै साउन ३२ गतेका लागि एमिकस क्युरी पनि बोलाइएको रजिस्ट्रार दाहालले जानकारी दिए ।

भट्टलाई प्रमुख कार्यकारी नियुक्त गरिएपछि सरकारको आलोचना भएको थियो ।

प्रकाशित समय १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु