गृहपृष्ठ कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, थप ४८४ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, थप ४८४ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४ सय ८४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ सय ३८ जना रहेका छन् । जसमा काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना छन् ।

अहिलेसम्म देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ। क्वारेन्टिनमा हाल १४ हाल ८ सय ४६ जना रहेका छन् । देशभर सक्रिय संक्रमित ७ हजार ६ सय १३ रहेका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ९१ रहेको छ ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु