गृहपृष्ठ इञ्जाले स्वर्गीय पत्रकार बानियाँको परिवारलाई १ लाख रुपैयाँ सहयोग गर्ने
इञ्जाले स्वर्गीय पत्रकार बानियाँको परिवारलाई १ लाख रुपैयाँ सहयोग गर्ने
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले कान्तिपुर राष्ट्रिय दैनिकसँग आवद्ध वरिष्ठ पत्रकार स्व. बलराम बानियाँको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस् भनी १ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आफ्नो आपतकालीन कोषबाट इञ्जाले सो रकम तत्कालै उपलब्ध गराउने भएको छ ।
इञ्जाले पत्रकार बानियाँको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । ‘वरिष्ठ पत्रकार बानियाँको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको’ उल्लेख गर्दै इञ्जाले आफ्नो शोक विज्ञप्तिमा ‘उनको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको’ उल्लेख गरेको छ ।
पत्रकार बानियाँको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्बन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि बढाउन पनि इञ्जाले माग गरेको छ । पत्रकारहरुका समस्यामा सदैव चासो राख्दै आएको इञ्जाले यस संकटको समयमा स्वर्गीय पत्रकार बानियाँको परिवारलाई सहयोग गर्न नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा शुभेच्छुकहरुलाई आह्वानसमेत गरेको छ ।
प्रकाशित समय १९:१४ बजे

















