गृहपृष्ठ नेपालमै पहिलोपटक माछापुच्छ्रे बैंकद्वारा ‘वि च्याट वालेट’को भुक्तानी सेवा सुरु
नेपालमै पहिलोपटक माछापुच्छ्रे बैंकद्वारा ‘वि च्याट वालेट’को भुक्तानी सेवा सुरु
माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक वि च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी वि च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।
सम्झौतासँगै नेपाल आउने पर्यटकले माछापुच्छ्रे बैंकसँग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरेबापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरी वि च्याट वालेटबाट भुक्तानी गर्न सक्ने भएका छन् । माछापुच्छ्रे बैंकले फर्स्ट टेक्नोलोजी प्रालिसँगको सहकार्यमा वि च्याट वालेट सञ्चालनमा ल्याएको हो ।
स्थापना कालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले देशभर १५९ वटा शाखा, १३४ शाखारहित बैकिङ सेवासमेत गरी २९३ स्थानमा रहेका सेवा सञ्जाल र १९८ वटा एटीएम तथा १ हजारभन्दा बढी पिओएस मेसिनबाट बैंकिङ सेवा दिइरहेको छ ।
प्रकाशित समय १९:१३ बजे

















