गृहपृष्ठ सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पहिरो जाँदा १३ घर पुरिए

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पहिरो जाँदा १३ घर पुरिए

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीको पहिरो जाँदा १३ वटा घर पुरिएका छन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन्  भने  पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएको बताइएको छ ।

गए राति आएको निरन्तर वर्षाका कारण बिहान पहिरो जाँदा करिब २२ घर पुरिएको जुगल गाउँपालिकाले जनाएको छ । उद्धारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी घटनास्थल तर्फ गैरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

प्रकाशित समय ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु