गृहपृष्ठ साझा घरद्वारा समाजसेवी सुनारलाई सम्मान

साझा घरद्वारा समाजसेवी सुनारलाई सम्मान

साझा घर सुर्खेतद्वारा समाजसेवी तिर्थ सुनार सम्मानित भएका छन् । समाजसेवी सुनारले साझा घरलाई नियमित आर्थिक सहयोग गरेकाले सम्मान गरिएको संस्थाका सल्लाहकार विनोद चौलागाईले बताए ।

स्थापनाकादेखि नै साझा घरलाई सुनारले आर्थिक सहयोग गर्दै आएका छन् । २०७५ सालमा स्थापना भएको साझा घरमा असहाय सडक बालबालिका तथा वृद्धवृद्धाहरु रहेका छन् । हाल १६ जना बालबालिका र १० जना वृद्धहरु साझा घरका रहेको अध्यक्ष भीमबहादुर विश्वकर्माले जानकारी दिए । असहाय र अनाथलाई आश्रय दिने उद्देश्यले स्थापना गरिएको साझा घरका लागि खानेपानीदेखि घर भाडा तिर्नसम्म समस्या भए पनि सरकारी क्षेत्रबाट भने कुनै सहयोग नपाइएको उनले बताए ।

सम्मानित सुनारले आगामी दिनमा पनि साझा घरलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । विपन्न असहाय व्यक्तिका लागि साझा घरमार्फत राज्यले पनि सहयोग गर्नुपर्ने उनले बताए । एक गाँस खान नपाएर समस्यामा परेका बालबालिका साझा घरमा रहेकाले आफूले सहयोग गरेको उनको भनाइ छ । पछिल्लोसमय धेरै फजुल खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढ्दै गएको बताउँदै उनले त्यस्तो खर्च गर्नुभन्दा असहाय, गरिब र विपन्नलाई सहयोग गर्नु मानवीय धर्म भएको बताए ।

प्रकाशित समय १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु