गृहपृष्ठ भारतमा कोरोना महामारी : २७ लाख ६७ हजार संक्रमित, मृतक संख्या ५३ हजार १४
भारतमा कोरोना महामारी : २७ लाख ६७ हजार संक्रमित, मृतक संख्या ५३ हजार १४
भारतमा कोरोना संक्रमितको संख्या २७ लाख ६७ हजार ६७० पुगेको छ । ५३ हजार १४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
बितेका २४ घण्टामा भारतमा थप ६५ हजार २२ संक्रमित थपिएको वर्ल्डोमिटरले जनाएको छ । संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै २४ घण्टामै कोरोनाबाट थप एक हजार ८९ जनाले ज्यान गुमाएका छन् । यसैगरी कोरोनाभाइरसबाट निको भई डिस्चार्ज हुनेको संख्या २० लाख ३६ हजार ७०३ पुगेको छ ।
सबैभन्दा बढी संक्रमण फैलिएको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ४७७ छ भने ज्यान गुमाउनेको संख्या २० हजार ६८७ रहेको छ । दोस्रो बढी प्रभावित प्रान्त तमिलनाडुमा संक्रमितको संख्या ३ लाख ४९ हजार ३५५ र मृत्यु हुनेको संंख्या ६ हजार ७ छन् ।
कोरोनाभाइरसबाट विश्वभर ७ लाख ८४ हजार ५१४ जनाले ज्यान गुमाइसकेको र संक्रमितको संख्या २ करोड २३ लाख १५ हजार २६३ पुगेको वर्ल्डोमिटरले उल्लेख गरेको छ । हालसम्म विश्वभर कोरोनाबाट निको भई घर फर्किनेको संख्या एक करोड ५० लाख ६१ हजार ४ सय रहेको छ ।
प्रकाशित समय १५:०३ बजे

















