गृहपृष्ठ कोरियामा थप संक्रमित भेटिएपछि ८४९ विद्यालय बन्द

कोरियामा थप संक्रमित भेटिएपछि ८४९ विद्यालय बन्द

कोरोनाभाइरसको संक्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि दक्षिण कोरियामा देशभरका ८४९ विद्यालय बन्द गरिएका छन् । महामारीका कारण यसअघि ८३८ विद्यालय बन्द भएका थिए । कोरोनाभाइरस नियन्त्रणतर्फ गएको भन्दै करिब सबै विद्यालयमा मे २० देखि पुनः पठनपाठन सञ्चालन गरिएकोमा संक्रमित देखिन थालेपछि बन्द गरिएको दक्षिण कोरियाको शिक्षा मन्त्रालयले जनाएको छ ।

केही हप्तायता संक्रमण दर बढेसँगै विद्यालयहरूमा विद्यार्थी आउन कम भएको थियो । यसै परिवेशलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

प्रकाशित समय २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु