गृहपृष्ठ वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा थप १ कोरोना संक्रमितको मृत्यु

कोरोनाभाइरस संक्रमणका कारण पर्सामा थप एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका- ४, डोकैला बहुवरी टोलका ६१ वर्षीय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ती पुरूषको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी  वीरगञ्ज हेल्थ केयर कोरोना अस्थायी अस्पतालमा उपचाररत थिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री भेटिएको छैन ।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु