गृहपृष्ठ बझाङका २० घरधुरी पहिरोको जोखिममा
बझाङका २० घरधुरी पहिरोको जोखिममा
बझाङको खप्तड छान्ना गाउँपालिका ३ को धडागाउँका २० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । शुक्रबार राति परेको अविरल वर्षासँगै पहिरो बग्न थालेपछि धडागाउँ जोखिममा परेको हो ।
स्थानीय बासिन्दाका अनुसार कतिपयको शौचालय पहिरोले बगाइसकेको छ भने कतिपयको आँगन पहिरोले बगाइसकेको छ । उनीहरुले स्थानीय प्रशासन र गाउँपालिका कार्यालयसँग स्थानान्तरणका लागि आग्रह गरेका छन् ।
प्रकाशित समय २०:५७ बजे


















