गृहपृष्ठ भारतमा थपिए एकै दिन ७० हजारभन्दा बढी संक्रमित
भारतमा थपिए एकै दिन ७० हजारभन्दा बढी संक्रमित
भारतमा एकै दिन ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य विभागका अनुसार शनिबार मात्रै ७० हजार ६७ जना संक्रमित थपिएका हुन् । यस्तै, शनिबार ९१८ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार भारतमा हालसम्म संक्रमितको संख्या २९ लाख ७५ हजार ७०१ छ भने ५५ हजार ७९४ जनाको ज्यान गइसकेको छ । यसअघि १९ अगष्टका दिन ६९ हजार १९६ संक्रमित थपिएका थिए । हाल भारतमा ७ लाखभन्दा बढी सक्रिय संक्रमित छन् भने २२ लाख ७९ हजार ९ सय जना डिस्चार्ज भइसकेका छन् ।
प्रकाशित समय ०६:५५ बजे

















