गृहपृष्ठ स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ प्रकरण : वडा कार्यालयमा भयो यस्तो सहमति
स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ प्रकरण : वडा कार्यालयमा भयो यस्तो सहमति
काठमाडौंको नयाँबानेश्वरस्थित मिलनचोकका स्थानीयले डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी बसेको घर घेराउ गरेको विषयमा सहमति भएको छ । सो प्रकरणमा दुई पक्षबीच सहमति भएको काठमाडौँ महानगरपालिका ३१ नम्बर वडा कार्यालयलले आइतबार विज्ञप्तिमार्फत जनाएकाे छ ।
मिलनचोकमा रहेको बुद्ध ब्वाइज होस्टेलमा सिभिल अस्पतालका स्वास्थ्यकर्मीका लागि अनुमतिबिना क्वारेन्टाइनमा राखेको भन्दै शनिबार स्थानीयले विरोध गरेका थिए । ‘स्थानीयवासी र बलभद्र टोल सुधार समितिलाई औपचारिक जानकारी नभएका कारण होस्टेल सञ्चालक र टोल सुधार समितिका पदाधिकारीबीच असमझदारी सिर्जना भएको’ वडा कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ ।
‘होस्टेलअगाडि हुलहुज्जत हुँदा अफ्ठ्यारो, असहज महसुस गरेको तर कसैबाट दुर्व्यवहार र हातपात नभएको तथा समस्या समाधानका लागि वडा कार्यालय, बलभद्र टोल सुधार समितिका प्रतिनिधि, अस्पतालका प्रतिनिधि र होस्टल सञ्चालकबीच छलफलबाट होस्टल सञ्चालनमा अवरोध नगर्ने सहमति भएको छ,’ वडा कार्यालयले भनेकाे छ ।
हेर्नुहोस् वडा कार्यालयको विज्ञप्ति :

प्रकाशित समय १९:३२ बजे

















