गृहपृष्ठ हुम्लाको ८ विद्यालयका ११ सय विद्यार्थी-शिक्षकलाई मास्क वितरण

हुम्लाको ८ विद्यालयका ११ सय विद्यार्थी-शिक्षकलाई मास्क वितरण

हुम्लाको उत्तरी गाउँपालिका नाम्खामा पठनपाठन सञ्चालनमा रहेका आठ वटा विद्यालयहरुमा शिक्षक विद्यार्थीलाई मास्क वितरण गरिएको छ ।

नाम्खा गाउँपालिका चीनको स्वशासित क्षेत्र तिबतसँग जोडिएको हुनाले पछिल्लो समय कोभिड १९ का कारण सदरमुकामा सिमकोटबाहेक माथिल्लो क्षेत्रतिर आउजाउका लागि रोक लगाइको छ । तर पनि स्थानीय स्तरमा विद्यालयहरु सञ्चालनमा आएका छन् ।

भाइरसका कारण सदरमुकामबाट आवतजावत बन्द भएपछि दैनिक आवश्यकतामा सामानहरु जुटाउन कठिन भएको पनि स्थानीयहरुले बताउँदै आएका छन् । हुम्ला जिल्लाको पछिल्लो कोरोना भाइरसबारे आशंका गरिएका व्यक्तिको पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा केन्द्र हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

नाम्खा गाउँपालिकाभित्र सञ्चालनका आएका ८ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुका लागि सामाजिक दुरी कायम गर्दै पठनपाठनमा सहयोग पुगोस् भनेर यसअघि पनि सेनिटाइजर, साबुनलगायतका स्वास्थ्य सामाग्री वितरण गरेको आधार विकास हुम्लाका एजुकेशनल अफिसर कन्जोक लामाले बताए ।

उनका अनुसार प्रत्येक विद्यार्थी र शिक्षक दुई/दुई थान मास्क वितरण गरेको छ । विद्यार्थी तथा शिक्षकले प्रत्येक दिन मास्क सफा गरेर लगाउन सल्लाह दिइएको छ । कोभिड १९ का बारेमा पनि नाम्खा गाउँपालिका विभिन्न स्थानहरुमा सुरक्षा सामाग्री र सचेतनाका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

प्रकाशित समय ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु