गृहपृष्ठ उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग सञ्चालनको माग

उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग सञ्चालनको माग

उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यावसायलाई निरन्तर सञ्चालन गर्न मोरङ व्यापार संघ र उद्योग संगठनले माग गरेका छन् ।

दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेको हस्ताक्षरमा जारी विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले कोरोना महामारी अझै लामो समय हाम्रो माझ रहिरहने प्रक्षेपण गरेको सन्दर्भमा संक्रमणको जोखिमबाट बच्न विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी आचारसंहिता अनिवार्य पालना गर्ने जनाइएको छ ।

कोरोना भाइरसबाट बच्न एक मात्र विश्वासिलो आधार सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, निर्मलीकरण गर्ने तथा साबुनपानीले हातधुने भएकाले यसको प्रयोगलाई सबै उद्योगी व्यापारीले कडाइका साथ पालना गर्न अपिल गर्दै महामारीको यस अवस्थामा उत्पादन प्रक्रियालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पुर्याउँदै आएका उद्योग व्यवसायलाई सहजरूपमा सञ्चालन गर्न आवश्यक वातावरण तयार गरिदिन तीनै तहका सरकारसँग एवं स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ । (रासस)

प्रकाशित समय ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु