गृहपृष्ठ वीरेन्द्रनगरमा भदौ १३ बाट निषेधाज्ञा खुल्ने

वीरेन्द्रनगरमा भदौ १३ बाट निषेधाज्ञा खुल्ने

birendranagar-newskarobar

वीरेन्द्रनगरमा भदौ १३ गतेपछि केही स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी निषेधाज्ञा खोलिने भएको छ । यसअघि ९ गतेसम्म रहेको निषेधाज्ञा तीन दिन थप गरी १२ गते राति १२ बजेसम्म बढाइएको थियो ।

कोभिड- १९ संकट व्यवस्थापन केन्द्र सुर्खेत तथा जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा खुलाउनेसम्बन्धी निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उनका अनुसा बजार तथा यातायात खुल्ने समबन्धमा भने आगामी ११ गते पुनः बैठक बसी निर्णय गरिने भएको छ ।

‘मास्क तथा स्यानिटाइजर प्रयोग गरी अत्यावश्यक कामका लागि हिँडडुलमा सहज भए पनि भिडभाड भने गर्न नदिने गरी निषेधाज्ञा खोल्ने निर्णय गरेका हौं,’ प्रजिअ रेग्मीले भने, ‘उद्योग तथा कार्यालयहरु खोल्ने निर्णय भए पनि बजार तथा यातायातको लागि कसरी व्यवस्थापन मिलाउने भन्ने कुरामा गृहकार्य भइरहेको छ ।’ उनले नागरिकमा एक खालको अन्योलता समेत भएकाले नौ गतेदेखि थप तीनदिन निषेधाज्ञा थप गरी १३ गतेदखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी निषेधाज्ञा खोल्ने निर्णय गरेको बताए ।

तर निषेधाज्ञा अवधिभर भने निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रजिअ रेग्मीले बताए । जोखिम नटरेको भए पनि स्वास्थ्य सुरक्षा अपनाई निषेधाज्ञा खोल्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

प्रकाशित समय १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु