गृहपृष्ठ रूसी विपक्षी नेतालाई ‘विषाक्त पदार्थ खुवाइएको’ प्रकरणमा अनुसन्धान सुरू
रूसी विपक्षी नेतालाई ‘विषाक्त पदार्थ खुवाइएको’ प्रकरणमा अनुसन्धान सुरू
रूसी प्रहरीले विपक्षी नेता नाभाल्नीको अस्वस्थताको कारण खोज्न बिहीबार प्रारम्भिक अनुसन्धान सुरु गरेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जानकारी गराएको छ ।
जर्मनीका चिकित्सकहरूले रूसी विपक्षी नेता नाभाल्नीलाई बिषाक्त पदार्थ सेवन गराइएको हुनसक्ने बताइरहेका समय रूसी प्रहरीले नाभाल्नी विमान चढ्नुपूर्वको अस्वस्थताबारे छानवीन सुरु गरेको हो । प्रहरीले घटनालाई आपराधिक मुद्दा अन्तर्गत अनुसन्धान सुरु गर्ने वा नगर्ने विषयमा प्रमाणका आधारमा अघि बढ्ने बताएको छ ।
साइबेरियाको यातायात प्रहरीले नाभाल्नी कसरी विरामी हुनुभएको हो भन्नेबारेमा ‘प्रारम्भिक छानबिन’ गरेको हो । एक हप्ता पहिले नाभाल्नी साइबेरियाली शहर टम्स्कबाट मस्कोका लागि उडेको केही बेरमा स्वासप्रस्वासमा असजिलो भएको बताएको केही बेरमा बेहोस भएका थिए । त्यसपछि विमानलाई बिचमा नै आपतकालीन अवतरण गरी ओम्सकस्थित अस्पताल भर्ना गरिएको थियो ।
विपक्षी नेताका प्रवक्ता तथा पारिवारिक स्रोतले उनले विमान चढ्नु पहिले चिया लिएको र त्यसैमा विषाक्त पदार्थ मिसाइएको आशंका गरेका छन् । तर रूसी चिकित्सकले उनलाई विषाक्त पदार्थ सेवन गराइएका केही संकेत नभेटिएको जनाएका थिए । नाभाल्नीको परिवारको मागअनुसार उनलाई अहिले जर्मनी लगिएको छ । (रासस)
प्रकाशित समय १८:४१ बजे

















