गृहपृष्ठ ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर पर्वतको कुश्मामा

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर पर्वतको कुश्मामा

ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै कुश्मा नगरपालिका ५ स्थित मालपोत कार्यालयपरिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकको ४२औँ एक्सटेन्सन काउन्टरको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले उद्घाटन गरे । बैंकले मालपोत कार्यालयअन्तर्गतका सेवाग्राहीलगायत अन्य ग्राहकलाई सहज बैंकिङ सेवा प्रवाह गर्न एक्सटेन्सन काउन्टर स्थापना गरेको जनाएको छ ।

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु