गृहपृष्ठ पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु
पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु
फाइल तस्बिर ।
ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार) बिहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।
काठमाडौंकी महिलाको गत साउन ३० देखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुरकी महिला भने यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।
प्रकाशित समय १२:५० बजे

















