गृहपृष्ठ भद्रकाली पेट्रोलपम्पको ड्युटीमा खटिएका सिपाहीद्वारा आफैँलाई गोली हानेर आत्महत्या

भद्रकाली पेट्रोलपम्पको ड्युटीमा खटिएका सिपाहीद्वारा आफैँलाई गोली हानेर आत्महत्या

सैनिक मुख्यालय भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा ड्यूटीमा खटिएका सिपाहीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । ड्यूटीमा रहेका ती सिपाहीले आइतबार बिहान ३ बजेतिर आफैँले टाउकोमा गोली हानी आत्महत्या गरेका हुन् ।

ती सिपाहीको टाउकोमा एउटा गोली लागेको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन् । प्रवक्ता पौडेलका अनुसार सामान्य अवस्थामा दुईजना ड्यूटीमा हुने भए पनि आइतबार बिहान ती सिपाही एक्लै परेका बेला उनले आफैँलाई गोली हानेको देखिएको छ ।

उनको स्थायी ठेगाना तनहुँको रानीपोखरी भएको र घटनाबारे नजिकका नातेदारलाई जानकारी गराइसकिएको नेपाली सेनाले जनाएको छ । घटनाबारे सेना तथा प्रहरीले अनुसन्धान गरिरहेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु