गृहपृष्ठ कोरोना परीक्षण शुल्क घट्यो

कोरोना परीक्षण शुल्क घट्यो

सरकारले कोरोनाभाइरस परीक्षण शुल्क घटाएको छ । स्वास्थ्य मन्त्रालयले आइतबारदेखि लागू हुने गरी अधिकतम शुल्क ४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि कोरोना परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

परीक्षणका लागि आवश्यक सरसामानको मूल्य घटेसँगै परीक्षण शुल्क समायोजन गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार परीक्षणका लागि चाहिने किटहरु पहिले विश्वबजारमै महँगो थियो तर अहिले कम हुँदै गएका कारण परीक्षण शुल्क पनि समायोजन गरिएको हो ।

मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी गरी २० वटा प्रयोगशालालाई सशुल्क परीक्षणको अनुमति दिएको छ ।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु