गृहपृष्ठ भारतमा एकै दिनमा थपिए ८० हजारको हाराहारीमा कोरोना संक्रमित
भारतमा एकै दिनमा थपिए ८० हजारको हाराहारीमा कोरोना संक्रमित
छिमेकी मुलुक भारतमा भने कोरोना संक्रमितको अवस्था बढ्दै गएको छ । आइतबार मात्रै अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ । एकै दिनमा ७९ लाख ४५७ जनामा संक्रमण देखिएपछि भारतमा कुल संक्रमितको संख्या ३६ लाख १९ हजार नाघेको छ ।
त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६४ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ९६० जनाले ज्यान गएपछि मृतकको संख्या ६४ हजार ६१७ पुगेको हो । भारतीय स्वास्थ्य विभागका अनुसार अहिलेसम्म २७ लाख ७२ हजारको सफल उपचार भएको छ भने सात लाख ८१ हजार सक्रिय संक्रमित छन् ।
प्रकाशित समय ०६:१३ बजे

















