गृहपृष्ठ सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण

सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोनाभाइरस संक्रमण भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई संक्रमण पुष्टि भएको हो ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएका घिमिरेलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको उनको सचिवालयले जनाएको छ । उनी शनिबार साँझदेखि निवासमै थिए । उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित समय ०७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु