गृहपृष्ठ इन्द्रजात्रामा सानिमा बैंकको ‘इन्द्रजात्रा क्यूआर कोड यात्रा’
इन्द्रजात्रामा सानिमा बैंकको ‘इन्द्रजात्रा क्यूआर कोड यात्रा’
इन्द्रजात्राको अवसरमा सानिमा बैंकले ‘इन्द्रजात्रा क्यूआर कोड यात्रा’ योजना ल्याएको छ । काठमाडौं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल र सुरक्षित माध्यम क्यूआर कोडमा आवेदन दिनेलाई ५०० रुपैयाँ उपहार दिने बैंकले जनाएको छ । यस्तो उपहार मोबाइल टपअपबाट पठाइनेछ ।
यो योजना भदौ १६ गते मंगलबार इन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुने र योजनामा बैंकका संस्थागत व्यावसायिक खाता बाहकहरुले मात्र भाग लिने पाउनेछन् । योजनामा सहभागी हुन संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुन बैंकमा अनलाइनबाटै व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोली क्यूआर कोड मर्चेन्ट बन्नका लागि निवेदन दिन सक्नेछन् ।
प्रकाशित समय ०७:५४ बजे

















