गृहपृष्ठ उपत्यकाको निषेधाज्ञाबारे बुधबार निर्णय हुने
उपत्यकाको निषेधाज्ञाबारे बुधबार निर्णय हुने
काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई अब के गर्ने भन्नेबारे बुधबार मात्र निर्णय हुने भएको छ । बुधबार तीनवटै जिल्लाका जिल्ला प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको संयुक्त बैठकले निषेधाज्ञा थप्ने वा हटाउने भन्ने विषयमा निर्णय गर्ने भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मंगलबार सामान्य छलफल भएको र सबैको सुझावलाई हेरेर बुधबार मात्र निर्णय गरिने बताए । उनका अनुसार निषेधाज्ञा के गर्न भन्ने विषयमा गृहकार्य भने भइरहेको छ ।
अहिले हाल काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भर्चुअल बैठक जारी छ । अनलाइन होमडेलिभरी सेवाको विषयमा पनि बुधबार नै निर्णय हुने बताइएको छ ।
भदौ ३ गते पहिलोपटक जारी निषेधाज्ञा भदौ १० गतेसम्मका लागि तोकिएको थियो । त्यसपछि पुन भनिएकामा पुन: थप गरिएको निषेधाज्ञाको अवधि बुधबार मध्यराति सकिँदै छ ।
प्रकाशित समय १५:३४ बजे

















