गृहपृष्ठ ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो

ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो

सबैभन्दा बढी महामारी फैलिएको दोस्रो ठूलो देश ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ ।

गएको २४ घण्टामा मात्रै ४८ हजार ६३२ जनामा थप संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ४० लाख एक हजार ४२२ पुगेको हो । त्यस्तै अहिलेसम्म एक लाख २३ हजार ८९९ जनाको ज्यान गएको छ । पछिल्लो एकै दिनमा मात्रै एक हजार २१८ जनाको ज्यान गएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अहिलेसम्म ब्राजिलमा ३२ लाख १० हजारको सफल उपचार भएको छ भने ६ लाख ६७ हजारको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि आठ हजार ३१८ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित समय ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु