गृहपृष्ठ दुई हजार प्रहरी कोरोना संक्रमित

दुई हजार प्रहरी कोरोना संक्रमित

नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड- १९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने संक्रमणदर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा संक्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६ सय २४ संक्रमित भएका छन् । त्यसमध्ये ५ सय ५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३ सय ८९ संक्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३ सय १८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३ सय ४०, प्रदेश २ मा २ सय ५७, वाग्मती प्रदेशमा १ सय, गण्डकीमा १ स ४३, प्रदेश ५ मा १ सय ९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा संक्रमण देखिएको छ । एसएसपी कडायतले संक्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए । उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन् । सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ । सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड- १९ संक्रमण बढिरहेको छ ।

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु