गृहपृष्ठ हुम्लाको उत्तरी सीमा हिल्छामा कलात्मक प्रवेशद्वार निर्माण

हुम्लाको उत्तरी सीमा हिल्छामा कलात्मक प्रवेशद्वार निर्माण

जिल्लाको उत्तरी सीमा हिल्छा नाकामा आवागमनमा सहज गर्नका लागि नेपाली मौलिकता झल्कने कलात्मक प्रवेशद्वारको निर्माण गरिएको छ । यसको लागत पौन करोड खर्च भएको छ ।

पछिल्लोसमय भारतीय र अन्य तेस्रो मुलुकका पर्यटकहरु मानसरोवर कैलास तिर्थयात्राका लागि बढिरहेका बेला यो नाका व्यवस्थित गर्नुपर्ने माग आइरहेको बेला नेपाली मौलिकता झल्कने प्रवेशद्वार निर्माणले गर्दा स्थानीय र व्यवसायीहरुमा उत्साह थपेको नाम्खा गाउँपालिका यारी गाउँका खार्केप लामाले खुशी व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सीमा नाकाबाट ५० मिटर यता नेपाली भूमिमा नेपाली कला कौशल झल्कने प्रवेशद्वारको निर्माणले एकातिर सुरक्षाको काममा सहयोग पुग्ने भएको छ भने अर्कातिर आवतजावतमा सजिलो हुने डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख निरज झाले बताए । यो प्रवेशद्वार लगायत अन्य अत्यावश्यक भौतिक पूर्वाधारका लागि पाँच लाखमा डीपीआर तयार गरिएको छ । यस अनुसार पहिलो चरणमा प्रवेशद्वार निर्माण सम्पन्न भएको छ भने अन्य कुराहरु क्रमिक रुपमा हुने कार्यालय प्रमुख झाको भनाइ छ ।

यो उत्तरी हिल्छा नाका कर्नाली क्षेत्रको अति प्रचलित र प्रसिद्ध नाका भएकाले यहाँ समयमै पूर्वाधार लगायत अन्य कामहरु गरेमा यसले जिल्लाको सुरक्षा, सीमा, पर्यटन र अन्य अर्थ उर्पाजन काममा सहयोग पुग्ने भएको छ ।

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु