गृहपृष्ठ कर्णालीमा थप २८ जनालाई कोरोना संक्रमण
कर्णालीमा थप २८ जनालाई कोरोना संक्रमण
कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिएको छ । बुधबार गरिएको आरटी–पीसीआर परीक्षणमा कर्णालीका ६ जिल्लाका २७ र चितवनमा १ जना गरी २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका १७ जना, जाजरकोटका १, चितवनका १ र मुगुका १,चौरजहारी नगरपालिका पीसीआर परीक्षण प्रयोगशालामा रुकुमपश्चिममा गरिएको परीक्षणमा सल्यानका २ र रुकुमपश्चिमका ४ तथा दैलेख अस्पतालमा गरिएको परिक्षणमा २ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २ हजार ७ सय १९ पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख विर्षबहादुर शाहीले जानकारी दिए । उनका अनुसार गत २४ घण्टामा प्रदेशभर १४ जना कोरोना भाइरसमुक्त भएपछि हालसम्म कर्णालीमा भाइरस मुक्त हुनेको संख्या २ हजार ३ सय ५४ पुगेको छ । प्रदेशभर सक्रिय संक्रमितको संख्या भने ३ सय २८ रहेको महाशाखाको तथ्यांक छ ।
प्रकाशित समय १८:०५ बजे
















