गृहपृष्ठ आज पनि बढ्यो नेप्से
आज पनि बढ्यो नेप्से
सेयर बजार परिसूचक नेप्से बुधबार पनि बढेको छ । मंगलबार ७.३५ अंकले बढेको बजार आज १३.५ अंकले बढेको हो । बैंक र विकास बैंकबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १५०८.२ अंकमा उक्लिएको छ ।
बुधबार १९५ कम्पनीको ५८ लाख ३१ हजार ११० कित्ता सेयर २ अर्ब ५६ करोड ७३ लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा करिब ७६ करोड धेरै हो । मंगलबार १ अर्ब ७९ करोड ८३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
बुधबार राष्ट्रिय बिमा कम्पनीको संस्थापक र सर्वसाधारण सेयर तथा रिलायन्स इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य पनि ९.३१ अंकले बढेको छ । नेरुडे लघुवित्त, स्वरोजगार लघुवित्त, सिभिल लघुवित्त, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, एनआरएन लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक पनि सर्वाधिक मूल्य बढ्ने १० कम्पनीको सूचीमा परेका छन् ।
सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोष, शिवम् सिमेन्ट, सूर्य लाइफ, नेको इन्स्योरेन्सलगायत छन् ।
प्रकाशित समय १७:३० बजे

















