गृहपृष्ठ विभिन्न आठ देशका विदेशमन्त्रीहरु रुसको राजधानी मस्कोमा
विभिन्न आठ देशका विदेशमन्त्रीहरु रुसको राजधानी मस्कोमा
Officials, including Russia's Foreign Minister Sergei Lavrov, India's Foreign Minister Subrahmanyam Jaishankar, China's State Councillor Wang Yi, attend the Shanghai Cooperation Organisation meeting in Moscow, Russia September 10, 2020. Russian Foreign Ministry/Handout via REUTERS
‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)’ मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरु बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन् । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) का विदेश मन्त्रीहरूको बैठकका लागि उनीहरु त्यहाँ जम्मा भएका हुन् । यसै क्रममा विभिन्न देशका विदेशमन्त्रीहरुबीच आपसी र द्धिपक्षीय भेटवार्ता पनि हुने भएको छ ।
हाल सो संगठनमा चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गीस्तान, ताजकिस्तान, उज्बेकिस्तान सदस्य रहेका छन् । भारत र पाकिस्तान पनि सो संगठनमा सन् २०१७ देखि सदस्य भएका हुन् । यस बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर र उनका पाकिस्तानी समकक्षी साह मोहम्मद कुरेसी पनि सहभागी भएका छन् ।
विदेशमन्त्रीहरुको यस बैठकको पूर्वसन्ध्यामा बिहीबार त्यहाँ भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने भएका छन् । यहाँ सहभागी विभिन्न देशका विदेशमन्त्रीहरुबीच द्धिपक्षीय मस्कोमा भेटवार्ता गर्नुहुने भएको पनि समाचारमा जनाइएको छ ।
मस्कोमा बिहीबार भारतका विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता हुने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत र चीनका बीचमा पछिल्लो समयमा सीमा विवाद चर्किदै गइरहेका बेला विदेश मन्त्रीहरूका बीचमा हुन लागेको यस भेटवार्तालाई महत्वका साथ हेरिएको छ । (एजेन्सी)
प्रकाशित समय १२:३७ बजे

















