गृहपृष्ठ स्थायी कमिटीको बैठकमा २० मिनेट बसेर बाहिरिए प्रधानमन्त्री
स्थायी कमिटीको बैठकमा २० मिनेट बसेर बाहिरिए प्रधानमन्त्री
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २० मिनेट बसेर बाहिरिएका छन् ।
अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको समस्या समाधान कार्यदलको सुझावलाई थप गृहकार्य गरी ठोस कार्ययोजनाका रुपमा प्रस्ताव प्रस्तुत गर्नका लागि बसेको बैठकमा सुरु भएको २० मिनेटमै प्रधानमन्त्री बाहिरिएको नेकपा स्रोतले जनाएको छ ।
पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो । गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।
प्रकाशित समय १२:४८ बजे
















