गृहपृष्ठ १,४५४ जना कोरोना संक्रमित थपिए, ९७२ जना डिस्चार्ज

१,४५४ जना कोरोना संक्रमित थपिए, ९७२ जना डिस्चार्ज

पछिल्लो २४ घण्टाभित्र देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १० हजार ७ सय १ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

हालसम्म संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ ।

यस्तै बितेको २४ घण्टामा ९७२ जना निको भएका छन् भने योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।

देशभर क्वारेन्टाइनमा बस्नेहरूको संख्या ६ हजार ७८ छ । यस्तै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ। बितेको २४ घण्टामा थप ५ को मृत्यु भएको छ ।

प्रकाशित समय १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु