गृहपृष्ठ १,२०१ जना कोरोना संक्रमित थपिए

१,२०१ जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएकासहित देशभर संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको जानकारी दिए । शनिबार थप ८ सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५ सय २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १सय ७६ पीसीआर परीक्षण गरिएको छ । आजसम्‍मको तथ्यांकअनुसार देशभरमा १५ हजार २ सय ६० सक्रिय संक्रमित छन् । होम आइसोलेसनमा बस्नेहरूको कुल संख्‍या ६ हजार १ सय ५३ छ ।

गत २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु