गृहपृष्ठ १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कर्जन्हा नगरपालिका- ३ का ४५ वर्षीय रामचन्द्र सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रामचन्द्रले ती बालिकालाई बिहीबार बलात्कार गर्न खोजेको र त्यसको १० दिनअगाडि पनि बाख्राको गोठमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:२९ बजे

















