गृहपृष्ठ सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

केही हप्तायता झिनो रकमले घटबढ भइरहेको सुन र चाँदीको मूल्य आज भने स्थिर रहेको छ । प्रतितोला एक लाख हाराहारी मूल्य पुगेर दुइचार सय रूपैयाँ घटबढ भइरहेको सुनको मूल्य आइतबार बढेको छैन ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबारसमेत छापावाल सुनको मूल्य ९६ हजार ५०० नै कायम थियो ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै बराबर प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबार तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु