गृहपृष्ठ अमेरिकामा कोरोनाले दुई लाखभन्दा बढीको ज्यान लियो
अमेरिकामा कोरोनाले दुई लाखभन्दा बढीको ज्यान लियो
सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । एकै दिनमा मात्रै अमेरिकामा एक हजार १९७ जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या दुई लाख १९७ पुगेको हो ।
अहिलेसम्म अमेरिकामा ६७ लाख ८८ हजार १४७ जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै ३६ हजार ४४७ जनामा संक्रमित थपिएका छन् । त्यस्तै ४० लाख ६८ हजारको सफल उपचार भएको छ भने २५ लाख १९ हजारको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रकाशित समय ०९:३९ बजे

















