गृहपृष्ठ मन्त्रिपरिषद बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै
फाइल तस्बिर ।
आज दिउँसो १२ बजे मन्त्रिपरिषद बैठक बस्ने तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकले असोज ३ गते संविधान दिवसका दिन विभूषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समितिको सिफारिस अनुसार विभूषण प्राप्त गर्ने व्यक्तिहरूको नाम बैठकले अनुमोदन गर्ने एक मन्त्रीले बताए । यसका साथै आजको बैठकमा नियमित मन्त्रालयगत एजेण्डा लगायतका विषयमा पनि छलफल हुनेछ ।
प्रकाशित समय ११:३७ बजे

















